तमिम इकबाल एकदिवसीय क्रिकेटमा ८ हजार रन पूरा गर्ने पहिलो बंगलादेशी क्रिकेटर

काठमाडौँ - तमिम इकबाल एकदिवसीय क्रिकेटमा ८ हजार रन पूरा गर्ने पहिलो बंगलादेशी क्रिकेटर छन्। जिम्बावेविरूद्धको पहिलो एकदिवसीय खेलमा ५७ रन बनाएपछि उनले यो उपलब्धि हासिल गरेका हुन्। यस इनिङ्समा उनले ६२ रन बनाएका थिए।

बंगलादेशका एकदिवसीय कप्तान तमिम अहिले उत्कृष्ट लयमा छन्। वेस्ट इन्डिजविरूद्ध बंगलादेशको अन्तिम एकदिवसीय खेलमा उनी ‘प्लेयर अफ द’ सिरिज भएका थिए।

जनवरी २०२१ देखि नियमित एकदिवसीय कप्तान बनेदेखि उनले बंगलादेशलाई ७ मध्ये ६ वटा सिरिज जिताउन नेतृत्व गरेका थिए। उनले पछिल्लो ५ एकदिवसीय सिरिज लगातार जिताएका थिए।

तमिमले सन् २००७ मा अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। उनी बंगलादेशका उत्कृष्ट ओपनर हुन्। उनले बंगलादेशका लागि २२९ एकदिवसीय खेलमा ८ हजार ५ रन बनाएका छन्। यसबाहेक उनी बंगलादेशका लागि मुस्फिकुर रहिमपछि दोस्रो सर्वाधिक टेस्ट रन बनाउने खेलाडी पनि हुन्।

तमिम यसअघि बंगलादेशका लागि ५ हजार, ६ हजार र ७ हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका थिए। तमिमले २३ इनिङ्स खेलेका थिए भने २ शतक बनाएर ७ हजारदेखि ८ हजार रन पूरा गरेका थिए। तर, कम एकदिवसीय खेलका कारण यो उपलब्धी हासिल गर्न उनलाई २ वर्षभन्दा बढी समय लाग्यो।

एकदिवसीय क्रिकेटमा ८ हजारभन्दा बढी रन बनाउने ९ ओपनरमध्ये ६ बायाँ हाते ब्याट्सम्यान रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×