लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

 नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। टिमले लोगोमार्फत खेल, संस्कृति र राष्ट्रिय गौरवलाई जोड्ने प्रयास गरेको जनाएको छ।

लोगोमा मायादेवी मन्दिर, ऐतिहासिक अशोक स्तम्भ, नेपालको झन्डाको रङ तथा चन्द्र–सूर्यका प्रतीक राखिएका छन्। सुनौलो अक्षरले लुम्बिनीको शान्ति र गौरवलाई प्रतिनिधित्व गर्छ।

अध्यक्ष ईश्वर बाहादुर जिसीका अनुसार यो लोगोले टिमको शक्ति र लुम्बिनीको पहिचान झल्काउँछ। २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नयाँ लोगोका साथ नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×