फिल्ममा साम्राज्ञी र आँचल पहिलो पटक एकसाथ देखिदै

काठमाडौँ- मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘वर एण्ड बधु’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन्। निर्देशक चाम्सले उनलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको जानकारी दिए।

यसअघि फिल्मको लागि मुख्य भूमिकामा अभिनेत्री आँचल शर्मा र विवेक कर्माचार्य अनुबन्धित भइसकेका छन्। फिल्ममा साम्राज्ञी र आँचल पहिलो पटक एकसाथ देखिदैछन्। भने विवेकको डेब्यू फिल्म हो।

निर्देशक चाम्सले फिल्ममा साम्राज्ञीको भूमिकाबारे अहिले खुलाउन नमिल्ने बताए। ‘फिल्ममा साम्राज्ञीको जोडी को हुने भनेर अझै टुंगो लागेको छैन। 

एलआरके इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा किरण केसी, विजय लामा र हिमेश पन्तको समेत अभिनय रहनेछ।

कमेडी र प्रेम कथामा आधारित फिल्मको छायांकन वैशाख ३० गते हुने स्थानीय चुनावपछि सुरू हुनेछ।साम्राज्ञी यतिबेला फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शनको पखाईमा छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×