काठमाडौँ - नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको ‘गोल्डेन ओक १२औं कृति अवार्ड्स २०७९’का उत्कृष्ट मनोनयनहरू सार्वजनिक गरिएको छ। विभिन्न ३१ ओटा विधामा परेका ४२५ मनोनयनमध्ये हरेक विधामा उत्कृष्ट ठहरिएका ५ ओटासम्म मनोनयन घोषणा गरिएको हो।
कृति अवार्ड्सका ३ शीर्षकमध्ये मेनस्ट्रिम अन्तर्गतका विधामा उत्कृष्ट ५ तथा टेक्निकल र क्याम्पेन अन्तर्गतका विधामा उत्कृष्ट ३/३ ओटा मनोनयन छनोट गरिएको आयोजकले जानकारी दिएको छ। अवार्ड्समा ३१ ओटा विधामा ४५ ओटा एजेन्सीले मनोनयन दर्ता गराएका थिए।
१२औं कृति अवार्ड २०७९ को मुख्य प्रायोजकमा गोल्डेन ओक, पावर्ड बाईमा बाल्ट्रा र डिश होम रहेका छन्। त्यसैगरी कार्यक्रमका अन्य प्रायोजकहरूमा बैंकिङ पार्टनर मुक्तिनाथ विकास बैंक, ट्राभल पार्टनर गुरु ट्राभल्स, सपोर्टेड बाईमा आईटीपीएफ, प्रभु बैंक, सफ्टी हाइजिन, सेल पे र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।
गोल्डन ओक १२औं कृति अवार्ड्स २०७९को मूल समारोह भदौ २५ गते (शनिवार) हुँदैछ। कार्यक्रमका लागि ट्राभल पार्टनर गुरु ट्राभल्स र आनबीच सहकार्यको सम्झौता गरिएको थियो।