कैलाली - स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रवार धनगढीमा विशेष कार्यक्रम हुने भएको छ। एसईई र १२ कक्षाका परिक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन तथा कलाकार क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो।
ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विद्यार्थीहरूसँग सन्दीपले करिअर काउन्सिलिङ तथा अन्तरक्रियात्मक सेशनहरू सञ्चालन गर्नेछन्।
साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुती रहने छ। कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा शुरू हुनेछ। आयोजकले एसईई र १२ कक्षा दिएका विद्यार्थीहरूलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ।
निशुल्क इन्ट्री टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।