काठमाडौँ। नेपाली चलचित्र ‘तिमी कसको ?’को छायांकन सुरु गरिएको छ। चलचित्रको छायांकन बुधबारदेखि तेह्रथुमबाट थालिएको हो। पाल्म फिल्मस्को ब्यानरमा र हर्षिका इन्टरटेनमेन्टको सहकार्यमा बन्न लागेको चलचित्रमा जीवन श्रेष्ठको निर्देशन रहनेछ।
निर्देशक श्रेष्ठका अनुसार तेह्रथुमको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले चलचित्रको छायांकन तेह्रथुममा गर्न लागिएकोहो। प्रदीप गिरी, हर्षिका श्रेष्ठ, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रताप श्रेष्ठ, रिया श्रेष्ठ, प्रीतिका शर्मा आदि कलाकारहरुको अभिनय रहने चलचित्र निर्देशक श्रेष्ठले नै निर्माण गर्न लागेका हुन्।
चलचित्रमा आकाश अकुको संगीत, अर्जुन थापाको पटकथा र सम्वाद रहेको छ। चलचित्र २०७९ को पहिलो दिन नै प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षले बताएको छ।