अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्का विजयी

काठमाौँ - अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्का विजयी भएको छ। गएराति भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई डीएल पद्धतिकाे आधारमा २६ रनले हराएको हो।

यस जितसँगै श्रीलङ्काले ५ खेलको श्रृङ्खलामा १-१ को बराबरी गरेको छ। श्रीलङ्काले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८९ रन मात्र बनायो।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ३७ रन बनाए भने ग्लेन म्याक्सवेलले ३०, स्टेभेन स्मिथले २८, टार्भिस हेडले २३, मार्नुस लाबुस्चेन्जले १८, एलेक्स केरीले १५ र कप्तान आरोन फिन्चले १४ रन बनाएका थिए।

श्रीलङ्काका चामिथा करुनारत्नेले ३ विकेट लिए भने दुश्मन्था चामिरा, धनञ्जय डी सिल्भा र  दुनिथ वेलागेले २/२ विकेट लिएका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २ सय २० रन जोडेको थियो।

वर्षाले खेल प्रभावित भएपछि डीएल पद्धतिकाे आधारमा अस्ट्रेलियाले ४३ ओभरमा २ सय २१ रनको लक्ष्य पाएको हो। श्रीलङ्काका कुशल मेन्डिसले सर्वाधिक ३६ रन बनाएका थिए। यस्तै कप्तान डसुन शनका र धनञ्जय डी सिल्भाले समान ३४/३४ रन बनाए भने दुनिथ वेलागेले २०, चामिका करुनारत्ने र धनुश्का गुनाथिलकाले १८/१८ रन जोडेका थिए।

अस्ट्रेलियाका पाट कमिन्सले ४ तथा ग्लेन म्याक्सवेल र म्याथ्युले २/२ विकेट लिए भने मिचेल स्विपसनले १ विकेट लिएका थिए। पहिलो एक दिवसीय खेलमामा अस्ट्रेलियाले श्रीलङ्कालाई २ विकेटले हराएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×