काठमाडौँ - गायक सुमन केसी तथा गायिका रचना रिमालको स्वरको युगल गीत ‘मात्तिएको मस्त मौसम…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा एसपी कोइरालाको शब्द तथा दिप घतानीको संगीत रहेको छ।
सार्वजनिक गीतलाई मिक्सिङ्ग र मास्टरिङ संगीतकार दीपले नै गरेका हुन् भने एरेञ्जर महाराज थापा रहेका छन्।
भूमिका राईको प्रस्तुतिमा यो गीतको भिडियो तयार पारिएको हो। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्। गीतको भिडियोमा जोर्डन राज भण्डारी र स्मारिका ढकाल फिचर्ड रहेका छन्।
भिडियोमा बुद्ध थापाको छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ।