दमौली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद्मा रेडक्रसको भूमिका सराहनीय रहेको बताएका छन्। नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय उहाँले विपद्को घडीमा रेडक्रसले पु¥याएको योगदानको जति चर्चा गरे पनि कम हुने बताए।
तत्कालीन संविधानसभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले रेडक्रसको भूमिका बारेमा चर्चा गरेका थिए। अधिवेशनले उपशाखाको सभापतिमा इन्द्रबहादुर आलेलाई चयन गरेको छ। उपसभापतिमा खेलीमाया थापा, सचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा विष्णुबहादुर आले, उपसचिवमा इन्द्रबहादुर आले, उपकोषाध्यक्षमा श्रीराम आले चयन भएका छन्।
सदस्यमा टङ्कबहादुर थापा, तिलबहादुर थापा, गणेशकुमार श्रेष्ठ, मीनकुमारी आले र सन्तबहादुर थापा चयन भएका छन्। यसैगरी रेडक्रस तनहुँको जिल्लासभाका लागि इन्द्रबहहादुर आले, खेलीमाया थापा, कविराज श्रेष्ठ, विष्णुबहादुर आले र श्रीराम आले प्रतिनिधिका रूपमा छनोट भएका छन।