चर्चित फिल्म ‘द कश्मीर फाइल्स’ न्युजिल्याण्डमा प्रतिबन्ध

काठमाडौँ – भारतमा रिलिज भएदेखि नै चर्चाको शिखर चुमिरहेको ‘द कश्मीर फाइल्स’ न्युजिल्याण्डमा प्रदर्शन गर्न प्रतिवन्ध लगाइएको छ। ए सर्टिफिकेट सहित रिलिजको स्वीकृति दिइएको उक्त फिल्मलाई पछिल्लो समय भने प्रदर्शनमा प्रतिवन्ध लगाउने निर्णय गरिएको छ। मुस्लिम समुदायको मागमा गरिएको समिक्षा पछि न्युजिल्याण्डको सेन्सर बोर्डले फिल्मलाई प्रतिवन्ध गरेको हो।

न्सर बोर्डको यो निर्णयप्रति न्यूजिल्याण्डका पूर्व उपराष्ट्रपति विन्स्टन पिटर्स आक्रोशित हुँदै इस्लामको नाममा आतंकवादीलाई संरक्षण गर्नु नहुने टिप्पणी गरेका छन्। उनले यसलाई न्यूजिल्याण्ड लगायत विश्वभरका जनताको स्वतन्त्रतामाथि आक्रमण भएको समेट आरोप लगाएका छन्। सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा प्रस्तुत गर्दै उनले लेकेका छन्, “यो फिल्मलाई सेन्सर गर्नु भनेको न्युजिल्याण्डमा मार्च १५ मा भएको अत्याचारको जानकारी लुकाउनु जस्तै हो।”

यस विरोधको प्रतिउत्तर स्वरुप सेन्सर बोर्डले फिल्म सेन्सर गर्नुको अर्थ फिल्मलाई देशमा प्रतिबन्ध लगाइयो भन्ने नरहेको बताएको छ। ‘द कश्मीर फाइल्स’ले ९ दिनमा २४ करोड ८० लाखको व्यापार गरेको छ। ११ मार्चमा रिलिज भएको फिल्मले अहिलेसम्म बक्स अफिसमा १४१ करोड २१ लाख कमाएको छ। चलचित्रको अग्रिम बुकिङ पनि निकै उच्च भएकाले सोमबारसम्ममा चलचित्रले १७५ करोडको व्यापार गर्ने आँकलन गरिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×