साइन नेपालद्वारा ३०० नागरिकलाई न्यानो कम्बल वितरण

काठमाडौँ । एक सामाजिक संस्थाद्वारा सुदूरपशचिमको डोटी जिल्लाका ३०० नागरिकलाई न्यानो कम्बल सहयोग गरेको छ।

डोटीस्थित शिखर नगरपालिकाका ३०० नागरिकलाई ‘साइन नेपाल’ नामक सामाजिक संस्थाले न्यानो कम्बल वितरण गरेको हो। संस्थाका अध्यक्ष भक्तराज जोशीले ज्येष्ठ नागरिक तथा एकल महिलालाई कम्बल उपलब्ध गराइएको जानकारी दिएका छन्। उनका अनुसार नगरपालिकाको वडा नं२ र ८ का आयस्तर कम भएका नागरिकलाई सामग्री उपलब्ध गराइएको हो।  

उक्त संस्थाले स्थानीय सरकारसँगको सहकार्यमा हाते ट्र्याक्टर, विद्यालयका लागि आवश्यक खेलकूद तथा कम्प्युटरलगायतका सामग्रीसमेत वितरण गर्दै आएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×