विराटनगर । नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी भएका छन् । संस्थापन पक्षका थापाले पौडेल९कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले पराजित गरेका हुन्।
सोमबार बिहान सार्वजनिक मतपरिणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मतमा चित्त बुझाए अन्य पदाधिकारीमा पनि संस्थापन पक्षको वर्चस्व रहेको छ ।
उपसभापतिमा रमेशजंग रायमाझी ८९० मत र टंकप्रसाद राई ८४७ मतसहित विजयी भए।
त्यस्तै महामन्त्रीमा भुपेन्द्र राई ८२४ र रमेश थापा ८०३ मत ल्याएर निर्वाचित भएका छन् । सहमहामन्त्री महिलातर्फ प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भएका छन्र।
सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतसहित खड्ग फागो विजयी भएका छन्। उहाँले १ हजार २६ मत प्राप्त गरेका छन् । सहमहामन्त्रीमा विनोदकुमार बस्नेत पनि ७ सय ४७ मत प्राप्त गरी हुनुभएको छ ।