मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा स्वीकृत

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएको छ। असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीले दिएको राजीनामा स्वीकृत गरेको हो।

नेपालले असोज ११ गते बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेलअघि एन्फाको कार्यसमिति बैठकले राजीनामा स्वीकृत गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिएका छन्।

अल्मुताइरीले केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए। बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। मंगलबार नेपालले उक्त खेल ३-१ ले जितेसँगै हुमागाईंको कार्यकाल पनि सकिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×