प्रचण्ड र बाबुराम निकट विद्यार्थी संगठनको हस्ताक्षर अभियान सुरु

काठमाडौँ - प्रचण्ड र बाबुराम भट्टराई निकटका दुई विद्यार्थी संगठनले आजदेखि दबाब मुलक कार्यक्रम हस्ताक्षर अभियान सुरु गरेका छन्। मंगलबार विद्यार्थीहरुले आफैं हस्ताक्षर गरी देशव्यापी रूपमा हस्ताक्षर अभियानको उद्घाटन गरेका हुन्। अखिल क्रान्तिकारी का प्रवक्ता उपदेश यादवका अनुसार नेपाल कमर्श क्याम्पस मिनभवनका विद्यार्थीहरुले हस्ताक्षर गरेर कार्यक्रम सुरु गरिएको थियो। ‘यो महिनासम्म हामीले देशैभरी हस्ताक्षर अभियान चलाउने छौं र हस्ताक्षर सङ्कनल गरेर प्रधानमन्त्री लाई बुझाउनेछौं’ प्रवक्ता यादवले भने। 

यो अभियान देशभरका शैक्षिक संस्थामा चल्ने छ भने अभियान संगठनको केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला समन्वय समिति, इकाई र पालिका कमिटीले चलाउने बताइएको छ।  सोही अनुसार कमिटीहरुले सरकारसमक्ष हस्ताक्षर सहित ध्यानाकर्षण गराउने जनाइएको छ । प्रवक्ता यादवका अनुसार २७ गते शान्तिपूर्ण प्रदर्शन र ३१ गते वृहत् अन्तरक्रिया कार्यक्रम पनि तय भएको छ। 

 ‘यो आन्दोलन विद्यार्थीको मात्रै नभई सबै जनताको हो। त्यसैले यस आन्दोलनमा विभिन्न संघसंस्था, अभियन्ता, नागरिक समाज, विद्यार्थी, मजदुर, किसान, शिक्षक, कर्मचारी, अविभावक लगायत सबै नेपाली जनताले उतिकै महत्व दिन आवश्यक छ’ प्रवक्ता यादवले भने।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×