‘दुई नम्बरी’ले व्यवसायिक मुनाफा प्राविधिकलाई वितरण गर्ने

काठमाडौँ - सामाजिक र हाँस्य कथावस्तुमा निर्माण भएको फिल्म ‘दुई नम्बरी’ले व्यवसायिक मुनाफा फिल्मसँग आबद्ध प्राविधिकलाई वितरण गर्ने भएको छ।

प्रस्तुतकर्ता किरण नेपालीले फिल्मले पहिलो सप्ताहन्त लगानी उठाइसकेको र मुनाफाबापतको निश्चित रकम प्राविधिकलाई बाँड्ने जानकारी दिएका छन्। तर, कति रकम वितरण हुन्छ भन्नेबारे उनले खुलाएका छैनन्। ‘फिल्मको सफलतामा उहाँहरुको पनि हात छ। उहाँहरुको मिहेनतको सम्मानका लागि मुनाफा बाँड्न लागेका हौं’ नेपालीले भने।

दीपेन्द्र लामा निर्देशित फिल्मको आधिकारिक कमाइलाई विहिबार सार्वजनिक गर्ने तयारीमा निर्माता छन्। यद्यपी, विकडेजसम्मको अकुपेन्सी र शोज संख्या हेर्दा फिल्मको कलेक्सन सुखद हुने अपेक्षा गरिएको छ।

बुधबार पनि मुख्य मल्टिप्लेक्सहरुमा फिल्मको अकुपेन्सी ४० देखि ५० प्रतिशतको हारहारीमा छ जुन निकै सकारात्मक हो। प्रस्तुतकर्ता नेपालीले फिल्मको कमाइलाई लिएर आफू उत्साहित रहेको बताएका छन्।

दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेनको प्रमुख भूमिका रहेको फिल्मले दुई एमेच्योर शिकारीको कथा भन्छ। शिकारमार्फत निर्देशकले मित्रता र नैतिकताको सन्देश दिने प्रयत्न गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×