एकीकृत समाजवादीको बैठक आज पनि बस्दै

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) केन्द्रीय समितिको बैठक बस्दैछ ।

हिजो (बुधबार)बाट सुरू भएको उक्त बैठक आज (बिहीबार) पनि बस्न लागेको पार्टी प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार हिजो बसेको केन्द्रीय समितिको बैठकमा पार्टीका १५ जना नेताले विधान संशोधनबारे आ–आफ्नो धारणा राखेका थिए । योक्रम आज पनि जारी रहनेछ ।

हिजोको बैठकमा पार्टी केन्द्रीय सदस्यहरू क्रमशः महेश रेग्मी, धर्म निरौँला, प्रेम खनाल, प्रतापलाल श्रेष्ठ, भगवती नेपाल, कुमारी तामाङ, शेरबहादुर केसी, गणेश विक, उर्वादत्त पन्त, लोक डाँगी, धनप्रसाद गौतमलगायतले विधान संशोधनबारे धारणा राखेका थिए ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने खतिवडाले बताए ।

बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×