अभिनेत्री विनीता बराल दोस्रो सन्तानकी आमा बन्दै

काठमाडौँ l नेपाली चलचित्रकी अभिनेत्री विनीता बराल दोस्रो सन्तानकी आमा बन्ने भएकी छिन् l उनले अमेरिकामा पहिलो सन्तान स्वरूप छोरीलाई जन्म दिएकी हुन् l जसको नाम 'काया' रहेको छ l उनले आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत आफु गर्भवती रहेको कुराको जानकारी दिएकी हुन् l सञ्जालमा उनले एक तस्बिर पोस्ट गर्दै आफ्नो गर्भमा ५ महिनाको बच्चा रहेको जानकारी दिएकी छिन् l विनीताले २०७६ सालमा प्रेमी तिलक पौडेलसँग विवाह गरेकी हुन् l त्यसैगरि २०७६ सालको पुस १० गते पहिलो सन्तानलाई जन्म दिएकी हुन् l हाल अभिनेत्री अमेरिकामा बसोबास गर्दै आएका छिन् l 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×