काठमाडौँ - नेपाली क्रिकेट टोली टस हारेर ब्याटिङमा उत्रिने भएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिदेशीय सिरिजमा नामिबियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
यो खेलबाट रुपन्देहीका युवा अलराउण्डर वसिर अहमदले एकदिवसीय क्रिकेटमा डेब्यु गर्दै छन्। नेपालबाट एकदिवसीय खेलमा डेब्यु गरेका छन्। सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग पराजय व्यहोरेको नामिबिया पहिलो जितको खोजीमा हुनेछ भने नेपाल सिरिजको पहिलो खेल खेल्न गइरहेको छ।
आजको खेलमा जित निकाल्ने टोली लिग-२ को पाँचौ स्थानमा रहने छ। हाल १६ खेलबाट १५ अंक जोडेर नेपाल पाँचौ र १५ खेलबाट १४ अंक जोडेर नामिबिया छैटौं स्थानमा रहेको छ। यी २ टोलीबीच १ स्थान र एक अंकको फरक रहँदा आज जितेर २ अंक जोड्ने टोलीले पाँचौं स्थान बनाउने छ।
नेपाली टोलीमा
सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करण केसी, कुशल भुर्तेल, बसीर अहमेद, सोमपाल कामी, आदील आलम अन्सारी रहेका छन्।