फिल्म 'प्रेमगन्ज'को शीर्ष गीत सार्वजनिक

काठमाडौँ - परिच्छेद सेनले निर्देशन गरेको फिल्म 'प्रेमगन्ज'को शीर्ष गीत सार्वजनिक भएको छ। 

सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको 'माथि माथि आकाशमा' बोलको गीतमा अभिनेत्री बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड रहेका छन्। 

पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा किरण भुषालकधो संगीत रहेको  छ। दुई कालखण्डको प्रेम देखाइएको गीतको कोरियोग्राफी निर्देशक परिच्छेद आफैले गरेका हुन्।

तेज र बेनिशाले युवा अवस्थाको भूमिका निभाएका छन् भने प्रशन र सुप्रियाले किशोरावस्थाको भूमिका निभाएका छन्। उनीहरूसँगै फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, प्रविन भट्टराईलगायत कलाकारको अभिनय रहेको छ भने अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा देखिने छिन्। 

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक पनि निर्देशक परिच्छेद सेनले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन्।

सञ्जय लामाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। फिल्म भदौ ३ गतेदेखि प्रदर्शन हुँदैछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×