काठमाडौँ - बर्नमाउथसँग ४-१ ले पराजित भएसँगै फ्रयांक लाम्पार्डको टोली एभर्टन मंगलबार राति इङ्लिस लिग कपबाट बाहिरिएको छ।
बर्नमाउथको जितमा जमाल लोवी, जुनियर स्टानिलस, इमिलियानो मार्कोन्डेस र जियाडन एन्थोनीले समान १-१ गोल गरेका थिए। एभर्टनका लागि डिमराई ग्रेले सान्त्वना गोल गरेका थिए।
जितसँगै बर्नमाउथ चौथो चरणमा स्थान बनाएको हो। बर्नमाउथ इङ्लिस प्रिमियर लिगको लगातार ४ खेलमा पराजित भएको थियो। यससँगै बर्नमाउथले पाँचौ खेलमा आएर हारको शृंखलामाथि समेत पूर्णविराम लगाएको छ।
पछिल्लो खेलमा प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध पराजित भएपछि लाम्पार्डले मंगलबार बर्नमाउथविरुद्ध ११ खेलाडी परिवर्तन गर्दै टोली मैदानमा उतारेका थिए।