करोड क्लबका नरेश-मधु चौधरीको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ - नरेश चौधरी थारु मोडलिङ क्षेत्रमा चर्चित नाम हो। उनी अभिनित 'मन लागेन' म्युजिक भिडियोले इतिहास रच्दै करोड भ्युज पुग्ने पहिलो थारु गीत बनेको थियो।

त्यतिमात्र होइन, उनी अभिनित 'सजन मोर' पनि छोटो समयमै करोड क्बलमा प्रवेश गर्न सफल भयो। 'परदेशिया' बोलको भिडियो ६७ लाख, 'दिलके पता' बोलको भिडियो २३ लाख र 'चोरी चोरी से' बोलको भिडियो २० लाखले हेरेका छन्। नरेश अभिनित भिडियोहरु कम्तिमा २० लाखले हेरेका छन्। त्यही भएर पनि उनी थारु मोडलिङमा क्षेत्रमा सधैं चर्चामा रहने गर्छन्।

उनै नरेश अभिनित 'तुहार बिन' बोलको भिडियो सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्ट र लोकेन्द्रराज चौधरीको निर्माण रहेको गीतमा नरेश र मधु चौधरीको अभिनय रहेको छ। दर्शक/श्रोताले मन पराउन थालेपछि यी जोडी एकसाथ भिडियोमा देखिन थालेका छन्।

सुरज देव कुश्म्याको निर्देशनमा बनेको भिडियोमा निम्न वर्गीय परिवारका सदस्यहरु कसरी विदेशिन बाध्य छन् भनेर देखाइएको छ। रोशन रत्गैयाँको शब्द संगीत रहेको गीतमा डीआर चौधरी र अन्नु चौधरीको स्वर रहेको छ भने गणेश चौधरीले संगीत संयोजन गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×