काठमाडौँ - काठमाडौँ महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै छ। अहिलेसम्म ५६ हजार चार सय ६१ मत गन्दा शाहलको १० हजार एक सय ६३ मतकाे अग्रता रहेको छ।
शाहले अहिलेसम्म २१ हजार चार सय २४ मत प्राप्त गरेका छन्। एमालेका केशव स्थापितले ११ हजार दुई सय ६१ मत प्राप्त गरेका छन्। गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार पाँच सय ३२ मत प्राप्त गरेकी छिन ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता लिरहेकी छिन्। डंगाेलले अहिलेसम्म २० हजार आठ सय ८८ मत प्राप्त गरेकी हुन्। गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार तीन सय ३१ मत प्राप्त गरेका छन्। राप्रपाकी बिनिता मगैयाले सात हजार एक सय २७ मत प्राप्त गरेकी छिन्।