भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर - भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

गएराति सवा ११ बजे मध्यपुर थिमी नगरपालिका-६ हुकाम ओरालोमा दुवाकोटबाट आउँदै गरेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिएका छन्।

प्रदेश ३-०१-०२३ च ४२९३ नम्बरको गाडीले बा १० प ९५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करपछि भक्तपुर नगरपालिका-१ क्वाँछे बस्ने २८ वर्षीय सिजन फसिकवालाई उपचारको लागि मध्यपुर थिमी अस्पताल लगिएको थियो।

त्यहाँ उपचारको क्रममा मृत्यु भएको डिएसपी पाण्डेले बताएका छन्। मोटरसाइकल पछाडि सवार भक्तपुर नगरपालिका-७ गोलमडी बस्ने ३२ वर्षीय सुनिल ग्वाछाको उपचार भइरहेको छ।

प्रहरी गाडीका चालक सिन्धुली फिक्कल गाउँपालिकाका २७ वर्षीय लाताराम पहाडीलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×