काठमाडौँ - विश्वकपअघिको मैत्रीपूर्ण खेलमा स्पेन विजयी भएको छ। ऊ गएराति घरेलु टोली जोर्डनविरुद्ध ३-१ ले विजयी भएको हो।
अमन अन्तर्राष्ट्रिय स्टेडियममा स्पेनलाई जित दिलाउन अन्सु फाती, गाभी र निको विलियम्सले १-१ गोल गरेका थिए। घरेलु टोलीका लागि हमजा अल–दर्दोरले १ गोल फर्काएका थिए।
खेलको १३ औं मिनेटमा फातीको गोलमार्फत स्पेनले अग्रता लिएको थियो। ५६ औं मिनेटमा गाभीले टोलीको अग्रता दोब्बर बनाएका थिए।
८४ औं मिनेटमा विलियम्सले गोल गरेपछि स्पेन ३-० ले अघि बढ्यो। थप गरिएको समयमा दर्दोरले १ गोल फर्काएपछि पाहुना टोलीले ३-१ को जित निकाल्यो। समूह ‘इ’ मा रहेको स्पेनले २३ नोभेम्बरमा कोस्टारिकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा घाना र क्यानडाले पनि जित हात पारेका छन्।