काठमाडौं महानगरको प्रमुखमा बालेन र उपप्रमुखमा सुनिता डंगोल निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकाकाे मतगणना सकिएको छ ।

महानगरपालिकाकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१,७६७ मतसहित निर्वाचित हुँदा  निकटम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३८,३४१ मत प्राप्त गरिन् ।

त्यस्तै, एमालेका केशव स्थापितले ३८,११७, स्वतन्त्रका सुमन सायमीले १३,७७०, राप्रपाका मदनदास श्रेष्ठले ५७७० र  विवकेशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६४७ मत प्राप्त गरिन् ।

त्यसैगरी, उपमेयरमा एमालेकी सुनिता डंगोलले ६८,६१२ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३,८०६ मत प्राप्त गरे ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×