काठमाडौँ - नेपाल भ्रमणमा रहेको जिम्बाबे ए र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल सोमबार हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल निर्धारित समय अनुसार ९ बजे हुनु पर्ने थियो।
तर, राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र हुनेछ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार टस १२ बजे हुनेछ भने खेल साढे १२ बजेबाट सुरु हुनेछ। यस्तै खेल ३३ ओभरको हुने जनाइएको छ। नेपाल र जिम्बाबे ए बीचको तीन एकदिवसीय सिरिज १-१ को बराबरी अवस्थामा छ।
पहिलो खेलमा जिम्बाबे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो।