काठमाडौँ। नेटफ्लिक्सले आफ्नो नयाँ थ्रिलर चलचित्र ‘थार’ बनाउने भएको छ। बदलामा आधारित चलचित्रमा बलिउड अभिनेता अनिल कपूर र उनका छोरा हर्षबर्धन कपूरको अभिनय रहनेछ।
निर्माता समेत रहेका अनिलको यो चलचित्रमा ८०को दशकको कथा देखाईनेछ। सिद्धार्थ अर्थात् हर्षबर्धन कपूर रोजगारीका लागि पुष्करमा जान्छन् र आफ्नो विगतको बदला लिन हिडेको कथा चलचित्रमा देखाईनेछ। चलचित्रमा फातिमा सना शेख र सतीश कौशिक पनि मुख्य भूमिकामा देखिनेछन्। राज सिंह चौधरीको निर्देशन चलचित्रमा उनकै लेखन रहेको छ।