भिटेनको फिल्म ‘रत्नपार्क’ अनिश्चित

काठमाडौँ - र्‍याप गायक समीर घिसिङ अर्थात् भिटेनलाई लिएर बनाउन लागिएको फिल्म ‘रत्नपार्क’ अनिश्चित बनेको छ। भिटेनले फिल्मभन्दा अन्तर्राष्ट्रिय टुरलाई प्राथमिकता दिएपछि फिल्म तत्काल नबन्ने निर्माता नवराज गिरीले जानकारी दिएका छन्।

निर्देशक दीपेन्द्र के खनालले ‘के घर के डेरा’ छायांकनपछि बुढासुब्बाले निर्माण गर्न लागेको फिल्मलाई समय दिने योजना बनाएका थिए। तर भिटेनले दशैंसम्म आफू विदेश टुरमै व्यस्त हुने बताएपछि छायांकन पोस्टपोन्ड भएको गिरीले बताएका छन्।

‘भिटेनले दशैंसम्म आफू विदेशको म्युजिकल टुरमा व्यस्त हुने बताएपछि हामी फ्लोरमा जाने समय धकेलिएको छ,’ गिरीले भने, ‘मंसिरको चुनावपछि नै छायांकनमा जानेछौं।’ अहिलेसम्म प्रमुख पुरुष कलाकारमा भिटेन र निर्देशकमा खनाल फाइनल भएका छन्। मुख्य अभिनेत्रीको लागि अडिसन खुलाउने तयारी भएको छ।

कोरोना महामारीको कारण रोकिएको विदेशको टुर दशैं छेकोमा धमाधम हुन थालेपछि भिटेनसहितका कलाकार व्यस्त हुँदैछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×