पाेखरा - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार भएको महिला १ सय मिटर दौडैमा त्रिभुवन आर्मीकी सरस्वती चौधरीले स्वर्ण जितेकी छिन्। पोखरा रंगशालाको ट्र्याकमा भएको स्पर्धामा सरस्वतीले १२.१३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन्।
उनले यही प्रतियोगितामा हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।
रजतमा चित बुझाएकी निशाले १२.२२ सेकेन्डमा दूरी पूरा गरिन्। निशाले यसअघि हिट चरणमा १२.१५ सेकेन्डको दूरी निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
प्रतियोगितामा आर्मीकी रमिता थारु १२.९३ को समय निकाल्दा तेस्रो बनेकी छिन्।