आर्सनलका पूर्व कप्तान तथा प्रशिक्षक टेरी निलको निधन

काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका पूर्व कप्तान तथा प्रशिक्षक टेरी निलको निधन भएको छ। नर्दन आयरल्याण्डका पूर्व कप्तान समेत रहेका टेरीको ८० वर्षको उमेरमा निधन भएको हो।

२० वर्षकै उमेरमा कप्तान बनेका सेन्टर ब्याक टेरीले १९५७ देखि १९७० सम्म आर्सनलमा बितनउँदा २४१ प्रिमियर लिग खेलमा ८ गोल गरेका थिए। आर्सनलपछि उनले हल सिटीका लागि पनि खेलेका थिए। टेरी १९७६ देखि १९८३ सम्म आर्सनलका प्रशिक्षक रहेका थिए।

त्यस्त‌ै उनले टोटेनहम, हल सिटी र नर्दन आयरल्याण्डको टोली पनि सम्हालेका थिए। टेरीले नर्दन आयरल्याण्डका लागि ५९ खेलमा २ गोल गरेका थिए। 


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×