जिममा ढलेका भारतीय अभिनेता सिद्धान्तकाे निधन

काठमाडौँ - भारतीय टेलिभिजन अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन भएको छ।

४६ वर्षीय सिद्धान्त जिममा कसरत गरिरहेका बेला एक्कासी ढलेपछि कोकिलाबेन अस्पताल पुर्‍याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको बीबीसीले जनाएको छ।

यसअघि कमेडियन राजु श्रीवास्तवलाई पनि जिममा कसरत गर्ने क्रममा हृदयघात भएको थियो। सिद्धान्त वीरले टिभीका चर्चित सिरियल कुसुम, कसौटी जिन्दगी के, किन रिश्तों मे कट्टी बत्ती र जिद्दी दिल माने ना मा काम गरिसकेका छन्।

उनले कुसुम, कसौटी जिन्दगी के, कृष्ण-अर्जुन, जमीं से आस्मान तक, क्या दिल मे है, गृहस्थी जस्ता धेरै टिभी सिरीयलमा काम गरेसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×