‘पसिनाले भिजेको जिन्दगी’ लोकार्पण

काठमाडौँ - गीतकार हरिभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’को शनिबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।

तेह्रथुम जिल्लामा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुम जिल्लाका पहिलो नाटककार हुन्। ड्राइभिङसम्बन्धी पुस्तकका पहिलो लेखक समेत रहेका बुढाथोकीको पुस्तक ‘पसिनाले भिजेको जिन्दगी’मा बुढाथोकीको बंशावली समेत समेटिएको छ।

बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ लाई राजाराम फुंयालले सम्पादन गरेका हुन्। पुस्तक लोकार्पण समारोहका सभापति खप्तडी सेवा समाजका अध्यक्ष बिकेन्द्र दिप बुढाथोकी रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथी देवीराम शर्मा थिए भने कार्यक्रममा थुप्रै विशिष्ट अतिथिको उपस्थिति रहेको थियो। गीतकार कृष्णहरि बराल, डा. खगेन्द्रप्रसाद लुइटेल संगीतकार राजु सिंह, गायक तथा संगीतकार शिशिर योगी, सञ्चारकर्मी दिलभूषण पाठक, निर्देशक दिपेन्द्र के खनाललगायत थुप्रै व्यक्तित्वको उपस्थिति रहेको थियो।

ड्राइभिङ शिक्षाका प्रवर्तक बुढाथोकी रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतञ्जली योगगानका रचनाकार समेत हुन्। उनका १ दर्जनभन्दा पुस्तक प्रकाशन भई सकेका छन्। बुढाथोकीको बंशावलीसमेत समावेश बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ पुस्तक बिक्रीबाट प्राप्त रकम सामाजिक सेवामा लगाउने बुढाथोकीले जानकारी दिए। कार्यक्रममा बोल्ने विशिष्ट बक्ताले ८३ वर्षको उमेरमा जोश र जाँगरका साथ सक्रिय भएर पुस्तक लेखेका गीतकार तथा लेखक बुढाथोकीको प्रशंशा गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×