फाव्रिगासले मोनाको छाड्ने

काठमाडाैँ - लगातार चोटसँग जुधिरहेका स्पेनिस मिडफिल्डर सेस फाव्रिगासले फ्रेन्च लिग वान टोली मोनाको छाड्ने निर्णय गरेका छन्। उनले यो सिजनको अन्त्यसँगै मोनाको छाड्ने पुष्टि गरेको हो।

क्याटलान क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर फाव्रिगासले ५ वर्ष लन्डन क्लब चेल्सीमा बिताएपछि २०१९ मा मोनाको पुगेका थिए।

‘यो निश्चित छ कि यो मोनाकोसँगको साथको अन्त्य हुँदैछ। मेरो सम्झौता जुनमा सामप्त हुन्छ र म नयाँ सुरुवात विन्दु खोज्दैछु।’ फ्राव्रिगासले भने, ‘तर, यो वर्ष यति खराब रह्यो कि म यो करियर बनाएपछि यसरी सन्यास लिन सक्दिन। म खेल जारी राख्न चाहन्छु।’

स्पेनसँग एक विश्वकप र दुई युरोपेली च्याम्पियनसिप जितेका साथै बार्सिलोनासँग क्लब स्तरमा सबै सम्भावित उपाधि जितेका सेसले आफ्नो करियर कहाँ जारी राख्ने भन्ने खुलाएका छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×