काठमाडौँ - यूएईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा स्विडेन पराजित भएको छ। घरेलु मैदानमा स्विडेन सर्वियासँग १-० ले पराजित भएको हो।
सर्वियाको जितमा लुका जोभिकले गोल गरेका थिए। उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक सावित भएको थियो।
खेलसँगै समूह बी ४ मा नर्वे तीन खेलबाट ७ अंक सहित शीर्षस्थानमा रहेको छ। समान खेलबाट ६ अंकको सर्विया दोस्रो स्थानमा रहेको छ। ३ अंकको स्विडेन र १ अंकको स्लोभेनिया क्रमशः तेस्रो र चोथो स्थानमा रहेका छन्।