भारत। बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री श्रद्धा कपुर पहिलो पटक एकसाथ पर्दामा देखिने भएका छन्। शिर्षक नखुलेको यो चलचित्रको प्रदर्शन मिती समेत घोषणा गरिसकिएको छ। चलचित्र २०२३को मार्चमा प्रदर्शनमा आउने बताईएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार उक्त रोमान्टिक-कमेडी चलचित्रलाई लभ रञ्जनले निर्देशन र निर्माण गरेका हुन्। यो चलचित्रको घोषणा २०१९ मा गरिएको थियो। तर, कोरोना महामारी लगायतका केहि कारणले चलचित्र ढिलो प्रदर्शनमा आउन लागेको हो। यो चलचित्रको जानकारी लभ रञ्जनको आधिकारिक ट्वीटरबाट दिइएको हो।
Luv Ranjan's untitled next featuring #RanbirKapoor & @ShraddhaKapoor will release in cinemas on Holi, March 8, 2023!
— Luv Films (@LuvFilms) March 1, 2022
Produced by @luv_ranjan and @gargankur, presented by #GulshanKumar and #BhushanKumar@LuvFilms @TSeries