काठमाडौँ - इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले एभर्टनलाई पराजित गरको छ। शनिबार घरेलु मैदानमा एस्टन भिल्लाले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
एस्टन भिल्लाको जितमा डानी इन्ग्स र एमी बुएनडियाले १/१ गोल गरेका थिए। त्यस्तै एभर्टनका लागि एस्टन भिल्लाका लुकास डिग्नेले आत्मघाती गोल गरेका थिए।
यो जितसँगै एस्टन भिल्लाले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ। एस्टन भिल्ला यस सिजनको पहिलो खेलमा बोर्नमाउथसँग २-० गोल अन्तरले पराजित भएको थियो।
त्यसैगरी एभर्टनले भने यस सिजनमा लगातार दोस्रो हार व्यहोरेको छ। एभर्टनले यस सिजनको पहिलो खेलमा चेल्सीसँग १-० को हार व्यहोरेको थियो।