कपिल शर्माको नयाँ चलचित्र आउने

भारत। भारतीय हास्यव्यंग्य कलाकार कपिल शर्माको नयाँ चलचित्र आउने भएको छ। यसअघि कपिल चलचित्र ‘किस किसको प्यार करुँ’ र ‘फिरङ्गी’मा देखिएका थिए।

भारतीय सञ्चार माध्यमका अनुसार नन्दिता दासको निर्देशन रहने चलचित्रको छायांकन मार्च महिनाबाट सुरु हुनेछ। हाल चलचित्रको आधिकारिक नाम भने सार्वजनिक गरिएको छैन। खबरका अनुसार चलचित्रमा कपिलले चलचित्रमा फुड डेलिभरी ब्वाइको भूमिकामा निभाउनेछन्। चलचित्रमा साहना गोश्वामी कपिलको जोडीको रूपमा देखिनेछिन्।

चलचित्रको छायांकन ओडीसामा गरिने बताइएको छ। एप्पल प्लस इन्टरटेन्मेन्ट, समिर नायर र नन्दिता दासले संयुक्त रूपमा बनाउन लागेको चलचित्र कमेडी विधामा आधारित रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×