समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ सार्वजनिक

पाेखरा । जलकारका रुपमा परिचित दीपक समीपले मुक्तक संग्रह ल्याएका छन् । समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ शनिबार पोखरामा विमोचन भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे ।

साहित्यकार समीपले झन्डै २ दसक अघि भूगोलमा नोकोरिएको देश कृति ल्याएका थिए । कृति विमोचन पछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकमा पहिलो पटक कविका रुपमा दीपकलाई भेटेको स्मरण गरे । साहित्यकार सरुभक्तले गजलकारका रुपमा सशक्त उपस्थिति जनाइरहेका समीपको मुक्तक कारका रुपमाभएको उपस्थिति आफूहरुका लागि पनि सन्तोषको कुरा भएको बताए । लेखक बन्ने भिडको वर्तमानमा कृति प्रकाशन गर्न हतारिनेका बीच दीपक स्थापित लेखक भएको बताए ।

तीर्थ श्रेष्ठले २०३४/३५ सालतिर पोखरेलीयुवा सांस्कृतिक परिवारले हरिभक्त कटुवाललाई प्रमुख अतिथि बनाएर टिकटमा मुक्तक कार्यक्रम गरेको सम्झना गरे । उनले भने, ‘उनका मुक्तक सुनेरै हामीले मुक्तक कसरी लेख्ने र कसरी वाचनगर्ने भन्ने कुरा सिक्यौं ।’ कवि श्रेष्ठले मुक्तक लेखन सिन्धुलाई बिन्दुमा अटाउनु जत्तिकै कठिन कार्य भएको विचार राखे । ‘मुक्तक लेख्नु भनेको चौतारीमा बसेर गफ गरेजस्तो होइन,’उनले भने, ‘छोटो लेख्नु भनेको कठिन कुरा हो ।’ मुक्तक लेखन चौतारीमा बसेर बात मारे जस्तो नभएको प्रमाण दीपकको मुक्तक सञ्चयन रहेको धारणा राखे ।

कवि रमेश श्रेष्ठले दीपकलाई अक्षर जन्माउन सक्ने मस्तिष्क भएका स्रष्टाका रुपमा चिनाए ।  गजल सञ्चयन प्रकाशनको लामो समयपछि मुक्तक सङ्ग्रहलिएर आएका स्रष्टा समीपले सबैको माया, ममता र स्नेहलाई हृदयले अनुभूत गरेर अग्रजले देखाएको बाटोमा अनुज सँग हातेमालो गरेर हिँड्न चाहेको धारणा राखे । डा ईश्वरमणि अधिकारीले स्रष्टा चिनारी राख्दै दीपकलाई समकालीन साहित्यमा दीपक भएर बलिरहेको जिकिर गरे ।

कृति समीक्षागर्दै नेपाली लेखक संघ कास्कीका अध्यक्ष सञ्जीव पौडेलले समीपलाई समसामयिक विषय चेतका स्रष्टाका रुपमा चिनाउँदै देशको समसामयिक परिवेश नै उनकामुक्तककाविषय रहेको बताए । समीपका मुक्तकमा खास गरी ५ थरी विषय समेटिएको जानकारी दिए । उनले मानवता, प्रेम, देशभक्ति, अस्तित्ववाद, यथार्थवाद समीपको मुक्तकका विशेषता रहेको सुनाए ।

‘वर्तमान राजनीतिक परिदृश्यप्रतिव्यङ्ग्य उनकामुक्तकमा छ,’ पौडेलले भने, ‘नेता नाङ्गै सत्ताको भ¥याङ चढ्छ र मुक्तककार ठाउँको ठाउँको विद्रोह बोल्छन् ।’

पौडेलले मुक्तककार समीपले यथार्थको परिदृश्य मात्रै नदेखाई खबरदारी पनि गरेको सुनाए कार्यक्रममा पोखरेलीयुवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, संस्थाकापूर्व अध्यक्ष जीवनसागर भण्डारी, साहित्यकार रुपिन्द्र प्रभावी कटु, रीता अधिकारी, अर्जुन अधिकारी लगायतले बोलेका थिए ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×