काठमाडौँ - जोनाथन ट्रोट अफगानिस्तानको नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त भएका छन्। उनको आयरल्याण्ड भ्रमण नै अफगानिस्तानको प्रशिक्षकको रूपमा पहिलो हुनेछ।
४१ वर्षीय ट्रोटले अन्तर्राष्ट्रिय क्रिकेटमा पुरुषको सिनियर टोलीको जिम्मेवारी पाएको यो पहिलो पटक हो। यद्यपि उनले इङ्ल्यान्डका लागि ब्याटिङ प्रशिक्षकको रूपमा केही समय काम गरेका थिए।उनले २०२१ को टि-२० विश्वकपमा स्कटल्याण्डको सल्लाकारको रूपमा काम गरेका थिए।
ट्रोटले इङ्ल्यान्डको टोलीमा लामो समय बिताएका थिए। विशेष गरी टेस्ट क्रिकेटमा जहाँ उनले ५२ खेलमा ३८३५ रन बनाएका थिए। २०१०-११ मा एसेज जितका स्तम्भहरूमध्ये एक थिए। ट्रोट लामो समयसम्म ब्याटिङ गर्न र ठूलो इनिङ्स निर्माण गर्न सक्ने खेलाडी हुन्। उनले सन् २०१५ मा क्रिकेटबाट सन्यास लिएका थिए।