मोदीको मजाक उडाएको भन्दै अक्षय कुमारले गरे ‘द कपिल शर्मा शो’मा जान अस्वीकार

काठमाडौँ-  अभिनेता अक्षय कुमारले ‘द कपिल शर्मा शो’मा जान अस्वीकार गरेका छन्। आफ्नो फिल्म ‘बच्चन पाण्डे’ को प्रमोसन गर्न उनी आफैंले यो शोमा जान अस्वीकार गरेका हुन्। शोको अन्तिम एपिसोडमा कपिलले प्रधानमन्त्री मोदीको मजाक उडाएका थिए। 

मिडिया रिपोर्टका अनुसार अक्षय शोको अन्तिम एपिसोडमा कपिलले प्रधानमन्त्री मोदीको मजाक उडाएका कारण कपिलसँग रिसाएका हुन्। यसमा कपिल शर्माले स्पष्टीकरण दिएका छन्। 

अक्षय आफ्नो अन्तिम फिल्म अतरंगी रेको प्रमोसन गर्न कपिल शर्मा शो पुगेका थिए। यसै क्रममा कपिलले अक्षयको प्रधानमन्त्रीवाला अन्तर्वार्ताको मजाक उडाएका हुन्। उनले आफ्नो अन्तर्वार्तामा कसले प्रसिद्ध व्यक्तित्वलाई आँप खान मन लाग्छ भनेर सोध्छ भनेका थिए। वास्तवमा सन् २०१९ लोकसभाका क्रममा अक्षयले प्रधानमन्त्री मोदीको अन्तर्वार्ता लिएका थिए। त्यसमा उनैले प्रधानमन्त्री माेदीलाई यस्तो प्रश्न गरेका थिए। अक्षयलाई शोमा यसरी उडाइएको पटक्कै मन परेको थिएन।

मिडिया रिपोर्टका अनुसार अक्षयले शोका निर्माताहरूलाई प्रधानमन्त्रीको भाग प्रसारण नगर्न अनुरोध पनि गरेका थिए। 

यस बिषयलाई लिएर कपिल शर्माले आफू रअक्षयको बारेमा मिडियामा चलिरहेका सबै समाचार पढेको र भर्खरै उनीसँग यस विषयमा कुरा गरेको अनि सबै कुरा मिलाएको सामाजिक सञ्जालमा लेखेका छन्। उनले लेखेका छन् ,'अब सबै ठीक छ। हामी छिट्टै ‘बच्चन पाण्डे’ को एक एपिसोड सुट गर्नेछौं। उहाँ मेरो जेठो दाइ हुनुहुन्छ र मसँग कहिल्यै रिसाउन सक्नुहुन्न। धन्यवाद।’ 

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×