ह्वाइट हाउसले भन्याे- 'काेराेना महामारीले अपराध बढायाे'

एजेन्सी । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अपराध बढ्नुमा कोरोनाभाइरस वैश्विक महामारी भएको जनाएको छ ।

अमेरिकामा संगठित समूहले चोरी डाँका जस्ता अपराध बढेकोमा मूल कारण कोभिड–१९ वैश्विक महामारी भएको प्रेस सेक्रेटरी जे साकीले जनाएकी छिन् ।

साकीले भनिन् “मूल कारण भनेको वैश्विक महामारी हो ” अमेरिकामा कानुन व्यवस्था कमजोर भएर लुटपाट बढ्नुमा के कारण भएको भनी सोधिएको प्रश्नको जवाफमा उनले यस्तो जवाफ दिएकी हुन् ।

तर उनले कोभिड–१९ कारण भएको विषयलाई व्याख्या गरिनन् । क्यालोफोर्नियलगायतका राज्यमा विलासी वस्तुका पसलहरूमा चोरीका घटना सार्वजनिकभएका छन्। खुद्रा पसलहरूमा लुटपाट भएका घटना अमेरिकामा बढेका छन् ।

गत महिना सिकागोमा चोरहरूको एक समूहले डिजाइनरबाट १लाख २० हजार अमेरिकी डलर भन्दा बढी रकम लुटी भागेको थियो ।

यस्ता अपराधका घटना बढ्नुमा अमेरिकी राष्ट्रपतिको कार्यालयले महामारीलाई प्रमुख कारण देखेकोछ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेट्सकोनीति प्रहरीलाई तिनको काम गर्नबाट रोकिरहेको आरोप लगाएका छन् ।

साकीले यसबारे जवाफ दिँदै भनिन् “ ट्रम्प प्रशासनले दिएको सुविधा बाइडन प्रशासनले बढीदिएको बताइन् । यसमा बन्दुके संस्कृतिमा आएको वृद्धि सँगै महामारी दोषी छ ।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×