त्रिदेशीय टी–२० श्रृखंला: आज हङकङ र युएईबीच प्रतिस्पर्धा

काठमाडौं - त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिजमा आज हङकङ र यूएई खेल्दैछन्। 

माथिल्लो मूलपानी मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। सिरिजको पहिलो खेलमा यूएई नेपालसँग ७ विकेटले पराजित भएको छ।

त्यस्तै सिरिजको दोस्रो र तेस्रो खेलमा हङकङ नेपालसँग हार बेहोरेको छ। आजको खेलमा जित निकाल्दै यूएई फाइनल नजिक पुग्न चाहन्छ। आयोजक देश नेपाल फाइनलमा पुगिसकेका कारण अब यूएई र हङकङमध्ये एक टोली मात्र फाइनलमा प्रवेश गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×