काठमाडौँ - कौस्तुभ एकेडेभी छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र नकआउट फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ। अर्किड स्कुलको आयोजनमा भइरहेको प्रतियोगितामा कौस्तुभले गणेश हिमाललाई २–० गोलले पराजित गर्यो। विजेताका विवस श्रेष्ठ र अनिश खड्काले गोल गरे।
अन्य खेलमा श्रमशिलले जोन एकेडेमीलाई ५–१, नेक्ससले निर्मल ज्योतिलाई ३–१ त्था मनकामनाले गेट्वे एकेडेमीलाई ३–१ गोलले हराउदै क्वाटरफाइनलमा पुगे।