च्याम्पियन्स लिगमा लिभरकुसेनसँग एथलेटिको पराजित

काठमाडौँ - च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा स्पेनिस क्लब एथलेटिको मड्रिड पराजित भएको छ। ऊ जर्मन क्लब बायर लिभरकुसेनसँग २-० ले पराजित भएको हो ।

समूह ‘बी’ अन्तर्गतको खेलमा घरेलु टोलीलाई जित दिलाउन रोबर्ट एन्डरिच र मोसा डियावीले १-१ गोल गरेका थिए। खेलको ८४ औं मिनेटमा एन्डरिचले लिभरकुसेनलाई अग्रता दिलाएका थिए। ८७ औं मिनेटमा डियावीले गोल गरेपछि घरेलु टोलीले २-० को जित निकालेको हो। यो जितसँगै २ खेलमा ३ अंक जोडेको लिभरकुसेन दोस्रो स्थानमा रहेको छ।

पराजित एथलेटिको समान खेलबाट समान अंकका साथ तेस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×