काठमाडौँ - स्टार खेलाडी पाउलो डिबालालाई रोमाले अनुबन्ध गरेको छ। रोमाले २८ वर्षीय डिबालासँग ३ वर्षको लागि सम्झौता गरेको छ।
डिबालाले रोमामा २१ नम्बरको जर्सी लगाउने छन्। लामो समय युभेन्ट्समा बिताएका उनी अन्ततः फ्री ट्रान्सफरमा रोमामा अनुबन्ध भएका हुन्।
युभेन्ट्ससँग सहमति जट्न नसकेर क्लब र उनीबीच सम्झौता नविकरण हुन नसकेपछि उनले क्लब छोड्ने निर्णय गरेका थिए।