काजोलकी बहिनी तनीषाको 'कोड नेम अब्दुल' ट्रेलर सार्वजनिक

भारत। बलिउड अभिनेत्री काजोलकी बहिनी तनीषा मुखर्जीको आउँदो चलचित्र 'कोड नेम अब्दुल' ट्रेलर सार्वजनिक गरिएको छ। तनीषाले स्वयम् पनि चलचित्रको ट्रेलर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्। जसको क्याप्सनमा उनले लेखेकी छिन् "र यो यहाँ छ। मेरो चलचित्र 'कोड नेम अब्दुल'को लामो समयदेखि प्रतिक्षित ट्रेलर।  ईश्वर गुंतुरुको निर्देशनमा बनेको चलचित्रमा अक्कू कुल्हारी, अशोक चौधरी र खटेरा हकीमी पनि मुख्य भूमिकामा रहेका छन्। हिमांगी शाहले निर्माण गरेको चलचित्र १० डिसेम्बर २०२१मा सिनेमाघरमा आउनेछ। चलचित्र स्पाई थ्रिलर विधामा आधारित रहेको छ।
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×