मोरङमा ब्राउनसुगरसहित एकजना पक्राउ

मोरङ – मोरङमा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका निवासी कुनाल सिंह रहेका छन्।

उनलाई प्रहरीले ३२ ग्राम ब्राउनसुगर र एक डिजिटल तराजुसहित पक्राउ गरेका थिए। प्रहरीका अनुसार विशेष सूचनाका आधारमा मंगलबार लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सिंहलाई पक्राउ गरेका थिए। 

प्रहरीले सिंहसहित को ३३ प ३३१४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×