भारत। दक्षिण भारतीय कलाकार अल्लू अर्जुन र रस्मिका मन्दानाको अभिनय रहेको चलचित्र ‘पुष्पाः द राइज’ले दर्शकहरूबाट धेरै माया पाएको छ। चलचित्र कोरोना महामारीपछी सार्वाधिक कमाउने चलचित्रमध्ये एक बनेको छ। चलचित्रको सफलतापछी निर्माण पक्ष चलचित्रको सिक्वलको तयारीमा लागेका छन्।
यसैबिच अभिनेत्री रश्मिकाले सिक्वलका लागि आफ्नो पारिश्रमिक बढाएकी छिन्। खबरका अनुसार उनले एक करोड पारिश्रमिक बढाएकी छिन्। पहिलो सिक्वलका लागि उनले दुई करोड पारिश्रमिक लिएकी थिइन्। हाल उनले तीन करोडको माग राखेकी छिन्। निर्माता पनि रश्मिकाको मागप्रति सकारात्मक रहेका छन्।
निर्देशक सुकुमारका अनुसार चलचित्र ‘पुष्पाः द रुल’को छायांकन यही फेब्रुअरीबाट थालिनेछ। चलचित्र सन् २०२२ को अन्त्यमा प्रदर्शनमा आउनेछ।