आजको सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज मंगलबार पनि सुनचाँदीको मूल्यमा सानो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार २०० कायम भएको छ। अघिल्लो दिन प्रतितोला रु. ९३ हजार १०० मा कारोबार भएकोमा आज छापावाल सुन प्रतितोला रु. ९०० ले घटेको हो भने तेजाबी सुन आज प्रतितोला रु. ९१ हजार ७०० मा कारोबार भइरहेको छ। हिजो सोमबार तेजाबी सुन प्रतितोला रु. ९२ हजार ६०० मा कारोबार भएको थियो। त्यस्तै, अघिल्लो कारोबार मूल्यका तुलनामा आज चाँदीको मूल्यमा पनि प्रतितोला रु. १५ को गिरावट आई रु. एक हजार २५० प्रतितोलामा कारोबार भइरहेको छ्।

महासङ्घ अनुसार अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोकिने गरेको छ। अन्तरराष्ट्रिय बजारमा आज मंगलबार सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×