पार्टीको तेजोबोध गर्न केही मानिस दिनरात नभनी लागि परेको प्रचण्डको आरोप

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) ले आज विभिन्न कार्यक्रमको आयोजना गरी २७औँ ‘जनयुद्ध दिवस’ मनाएको छ। 

मधेश प्रदेश सरकारले आजै  प्रदेश राजधानी जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी सो दिवस मनाउँदैछ । माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र सङ्घर्ष घोषणा गरेको दिनको स्मरणमा आज २७ औँ जनयुद्ध दिवस मनाएको हो। सो दिनको स्मरणका आज माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रमलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै जनयुद्ध र जनआन्दोलनले नयाँ एकता पैदा गरेकै कारणले नयाँ संविधान जारी हुन सफल भएको र एवं नयाँ राष्ट्रिय एकता कायम गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताएका छन्। उनले सबै प्रदेश सरकार र सङ्घीय सरकारले समेत जनयुद्ध दिवस मनाउन आग्रह गरे। नयाँ राजनीतिक परिवर्तन र एकतालाई सुरुदेखि नै केही समूह र व्यक्तिलाई मन नपरेको र त्यसको बाछिटा हालसम्म पनि देखा परिरहेको उल्लेख उनले गरेका छन्। माओवादीका नेता तथा कार्यकर्ताको तेजोबोध गर्न कसरी सकिन्छ भन्नेमा केही मानिस दिनरात नभनी लागि परेको उनको आरोप छ।

जनयुद्धबाट प्राप्त भएका परिवर्तनलाई कमजोर पार्न सकिन्छ, स्वाधीनता र राष्ट्रियताको आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले प्राप्त अधिकार र राष्ट्रिय स्वाधीनताका पक्षमा थप सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याए। नयाँ ऊर्जासहित नयाँ एकता कायम गरेर अगाडि बढ्न सबै क्रान्तिकारी शक्तिलाई आह्वान गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक सङ्कटको भुमरीमा देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध उभिन आग्रहसमेत गरेका छन्। जनताको सचेत पहलका साथ गतवर्ष प्रतिगमनलाई परास्त गरेको स्पष्ट पार्दै उहाँले प्रतिगमन विरोधी गठबन्धनलाई टुटाउनका लागि प्रयास भइरहेको आशङ्का व्यक्त गरेका हुन्।

अध्यक्ष प्रचण्डले संविधानको रक्षा, राष्ट्रियताको सम्वद्र्धन गर्ने लक्ष्यका साथ सुरु भएको सहकार्य अझै अगाडि बढ्ने विश्वास व्यक्त गरे। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×